RSS

Google Pagerank's my blog



Having been reading many a posts about page rank few things i have learnt.I don't get a heavy traffic at my blog and yet my pagerank is 4 this implies that bigger traffic=! higher pagerank.

I am a lazy blogger laziest of all i can bet n this one.I don't update my blog as often as others.

Oh google please strip me off this rank i totally don't deserve this. Oh google the robinhood of the mordern world plz feed all is pageranks to poorest of poors. Oh google give it away to the ones not being able to put their hand on their mouth.

I read once in a book a story about a beautiful princess who threw away the flower she so loved to a poor chap who was so poor so hungry.I want to be that princess.

General knowledge about DSL and ADSL in Nepali


हामी मध्ये धेरै घरबाट इन्टरनेट प्रयोग गर्नेहरु कम्प्युटरमा रहेको मोडेम मार्फत टेलिफोन बाट इन्टरनेट सेवा प्रदायकले दिएको नंबरमा डायल गरी यो सेवा लिने गर्दछौं। यसरी गरीने इन्टरनेट प्रयोगलाई हामी डायल अप इन्टरनेटको नामले चिन्दछौं। यस प्रविधीलाई इन्टरनेट सेवा प्राप्‍तीको सबै भन्दा सरल विकल्पको रुपमा लिइन्छ।

सुचना प्रविधीको तीब्र विकास सँगै इन्टरनेटमा ठूलो परीणाममा डाटा,भ्वाइसको साथै भिडियो आदानप्रदान हुन थालेको छ। तर यी कुराहरुको लागि इन्टरनेट सेवा द्रुत हुनु आवश्यक हुन्छ। जुन कुरा डायल अप इन्टरनेट मार्फत सम्भव छैन। डायल अप इन्टरनेटबाट हामीले बढिमा ५६ kbps सम्मको गतिमा इन्टरनेट चलाऊन सक्छौं। kbps इन्टरनेटको गति नाप्न प्रयोग गरिने एकाई हो जसको पुरा रुप किलोबिट्स प्रति सेकेन्ड भन्ने हुन्छ। त्यसैले हामीले यस प्रविधी मार्फत इन्टरनेट चलाउँदा सामान्य वेबपेज हेर्न बाहेक अन्य काम गर्न ज्यादै ढिलो हुन्छ। झट्ट हेर्दा सस्तो देखिए पनि डायल अप इन्टरनेट यसमा जोडिने टेलिफोन खर्चको कारणले महँगो पर्न जान्छ। हुनत हामी कहाँ नेपाल टेलिकमले इन्टरनेट सेवा प्रदायकले दिएको ५ अङ्कको टेलिफोन नंबरमा इन्टरनेट कनेक्सनको लागि कल गर्दा अरु बेला ४ मिनेटको एक कल र राति १० बजे पछि ८ मिनेटको एक कल रजिस्टर हुने व्यवस्था मिलाएको छ। हालको दिनमा यसलाई बढाएर ६ र १० बनाउने तर्फ नेपाल टेलिकमले गृहकार्य गरी रहेको कुरा विभिन्न पत्रपत्रिका मार्फत बाहिर आएको छ। तर यसले पनि डायल अप इन्टरनेट सेवालाई त्यति सस्तो बनाउने देखिदैन। देशमा सुचना प्रबिधिको विकासका लागि इन्टरनेट सेवाको स्तर र पहुँच दुबैलाई बढाउनै पर्छ।

इन्टरनेट सेवाको स्तर र पहुँच बढाउनका लागि बिश्‍वमा प्रयोग भईरहेका प्रविधी मध्येको एक डि यस एल (DSL)प्रविधीको हामी चर्चा गर्न जाँदै छौं। DSL प्रविधीलाई हामी साधारण टेलिफोनको तार मार्फत डिजिटल डाटा आदानप्रदान गर्न सकिने प्रविधीका रुपमा बुझ्‍छौं।DSL को पु्रा रुप digital subscriber line or loop भन्ने हुन्छ। साधारण टेलिफोन लाईनमा एक जोडा तामाको तार हुने कुरा त हामीले देख्दै आइरहेका छौं। यिनै तार मार्फत हामीले बोलेका कुराहरु एक ठाउँबाट आर्को ठाउँ सम्म पुग्ने गर्दछ। यस तारमा हाम्रो आवाजका अतिरीक्त डाटा तथा भिडियो पनि आदानप्रदान हुन सक्दछ। DSL प्रविधीले साधारण टेलिफोनको यसै बिशेषताको उपयोग गरेर काम गर्छ। साधारण टेलिफोनलाई POTS (plain old telephone service) को नामले पनि चिनिन्छ। POTS मा ० देखि ३,४०० hertz को फ्रिक्वेन्सीको उपयोग आवाज आदानप्रदानको लागि हुन्छ। यसलाई मानिसले स्पष्‍ट सुन्न सक्ने आवाज को फ्रिक्वेन्सी ठानिन्छ। तर तामाको तारमा यो भन्दा धेरै बढि फ्रिक्वेन्सी प्रयोग बिहिनरुपमा रहिरहेको हुन्छ। पहिले टेलिफोन कम्पनीहरुले ती फ्रिक्वेन्सी प्रयोग नगर्नुको मुख्य कारण प्रविधीको महँगो हुनु थियो। प्रविधीमा भएको विकासको कारण यी समस्याको समाधान निस्किसकेको छ।DSL प्रविधी प्रयोग गरि इन्टरनेट चलाउँदा टेलिफोन कल महसुल लाग्दैन मात्र टेलिफोन कम्पनिले तोकेको मासिक महसुल तिरे पुग्छ।DSL प्रविधीका लागि प्रयोग कर्ताको कम्प्युटर DSL modem मार्फत टेलिफोन कम्पनिको कार्यलयको DSLAM (Digital Subscriber Line Access Multiplexer) सँग जोडिएको हुनु पर्छ। DSL modem ले डायल अप मोडेमले जस्तो modulation/demodulation सिग्नललाई डिजिटलबाट एनालग र एनालगबाट डिजिटल मा लग्ने काम गर्देन यसले कनेक्सनको लागि DSLAM सँग काम गर्छ। त्यसैले पनि DSL modem लाई टेलिफोन कम्पनिका ईन्जिनियरहरुले ATU-R(ADSL Transceiver Unit - Remote) को नामले चिन्दछन्। DSL को प्रयोग गरि इन्टरनेट चलाउन तथा टेलिफोन पनि रिसिभ गर्नको लागि splitter अथवा filter को प्रयोग गर्नु पर्दछ। यिनको काम आवाजको फ्रिक्वेन्सीलाई अन्यबाट छ्ट्याउनु हुन्छ। यसो नगरे DSL को स्तर कम हुनुको साथै टेलिफोन रिसिभ पनि गर्न सकिदैन। DSL को कनेक्सन स्पिड १२८ kbps देखि लिएर २४ mbps सम्मको हुन्छ।

DSL प्रविधीको सुरूवात विशेषत अमेरिकामा केबल इन्टरनेटको प्रतिस्पर्धीको रुपमा भएको पाइन्छ। केबल इन्टरनेटमा जस्तो प्रयोगकर्ता थपिदैं जाँदा DSL प्रविधी को इन्टरनेटको गति कम हुदैन। त्यसैले पनि DSL प्रविधीको लोकप्रियता बढ्दै गएको हो। तर DSL प्रविधीको नकारात्मक पक्ष पनि छ। DSL प्रविधीको इन्टरनेट गति DSLAM देखि DSL modem सम्मको दूरीमा भर पर्छ। अर्थात यो दूरी बढ्दै जाँदा गति घट्दै जान्छ।

DSL प्रविधीका पनि विभिन्न प्रकारहरु छन्। ती मध्य मुख्य निम्न छन्।

1)HDSL(high data rate DSL)

2)ADSL(Asymmetric DSL)

3)SDSL(Symmetric DSL)

4)VDSL(Very high bit rate DSL)

HDSL SDSL प्रविधी हाल त्यति धेरै प्रचलनमा नभएको कारण यहाँ ADSL VDSL प्रबिधिको मात्र चर्चा गर्ने जमर्को गर्दैछु।


ADSL:-
ADSL को पुरा रुप Asymmetric digital subscriber line भन्ने हुन्छ। यस खालको DSL को download speed upload speed भन्दा धेरै हुन्छ। यस प्रविधी बाट आवाज,डाटा र भिडियो सबै आदानप्रदान गर्न सकिन्छ। हालका दिनमा ADSL प्रविधीको लोकप्रियता संसार भर बढ्दै गएको पाइन्छ। ब्रिटेनको टेलिफोन कम्पनी BT ,भारतको टेलिफोन कम्पनी BSNL यस प्रविधी को प्रयोग गर्ने कम्पनीका उदाहरण हुन्।छिमेकी देश भारतमा Data One को नामले २ mbps गतिको इन्टरनेट ४०० नेपाली रुपैंया प्रति महिनाको दरमा उपलब्ध हुन थालेको छ। हालका दिनमा ADSL प्रबिधीमा पनि अझै बिकाशको हुदै यसको गति र कभर गर्न सक्ने दूरी दूबै मा बृद्धि भएको छ। जसलाई ADSL2+ को नामले चिनिन्छ। ADSL2+ भने ADSL कै बिकसित रुप हो। गुणात्मक हिसाबले हेर्ने हो भने ADSL2+ ADSL भन्दा ३ गुणा छिटो हुन्छ र यसले धेरै दुरी सम्म काम दिन्छ।

हालका दिनमा नेपाल टेलिकमले पनि ADSL2+ प्रविधीको प्रयोग गरी देश भर broadband internet इन्टरनेट सुबिधा पुर्‍याउन लागेको कुरा बाहिर आएको छ। साधारणतया२५६ kbps भन्दा माथिको कनेक्सन स्पिडको इन्टरनेटलाई broadband internet भनिन्छ। ADSL modem को मुल्य भने त्यति सस्तो छैन। बिकल्पका रुपमा टेलिकमले ग्राहकहरुलाई modem भाडामा उपल्ब्ध गराउन सक्ने देखिन्छ।

VDSL:-

VDSL फाइबर अप्‍टिक्समा आधारित DSL प्रविधी हो।फाइबर अप्‍टिक्स केबुलको मुल्यमा आएको कमी र यसका विशेषताहरुका कारणले गर्दा विश्‍व कतिपय देशका टेलिफोन कम्पनिहरु तामाको तारलाई बिस्तारै फाइबर अप्‍टिक्सले फेर्‍दैछन्। ADSL मा प्रयोग हुने उपकरणहरुले फाइबर अप्‍टिक्समा काम गर्न सक्दैन्न। त्यसैले यो नयाँ प्रविधीको खाँचो आइपरेको हो। यो प्रबिधी मा १६ mbps सम्म upload र ५४ mbps सम्म download हुन्छ।

भिडियो अनडिमान्ड जस्तो सुबिधा उपयोगका लागि चहिने इन्टरनेटको गति यो प्रबिधीबाट सजिलै पाउँन सकिन्छ। यो प्रविधी हाल सम्म महँगो भएका कारणले केहि सिमित ठाँमा मात्र यसको उपयोग भइरहेको हामी पाउँछौं।

(also published in yuvamanch few months ago re-published here with some edit)





ADSL2+ what is the fuss about?


Nepal telecom is deploying ADSL2+ shortly. Dial up is bad. It is expensive. It is slow. Surfing the net in dial up is getting increasingly difficult as the amount of data to be downloaded while doing so is increasing. Try watching a youtube video off a dial up connection and you will the get the idea. ADSL is Asymmetric Digital Subscribers Line over the loop. That means we can get this type of connection over our normal telephone line. Our telephone line has a pair of copper wire underneath the plastic cover. Our telephone line is also known as POTS as in Plain old telephone service. This POTS uses 0 to 3400 hertz of frequency range to exchange voice over the wire. However copper wire has lots of frequency left unused in it. In ADSL this unused frequency is deployed to carry the data. With an ADSL modem in place one can use the telephone as well as internet at the same time.

I have taken this picture from Nepal telecom's website

Asymmetry means the downstream data rate in this type of connection is far greater that the upstream data rate that means one can download stuffs from internet in much faster pace than one can upload say pictures or videos. All the DSL systems have had this problem of being distance dependent though. As the distance between telecom switching station and customer grows the quality of connection degrades. The difference between cable and ADSL is that cable does not have that problem. However with ADSL you can get dedicated connection directly from the switching station and the quality of connection is always maintained by the DSLAM device at telecom office end and the Customer premises device (ATU-R). Internet Service providers offering cable internet most of the times divide the whole connection amongst several users assuming that no single user uses all the bandwidth allocated. So 128 Kbit/sec internet connections are not actually as they say it is. ADSL2+ is latest ADSL technology increasing the capability. With it on, the distance covered by the System as well as the speed increases nearly three folds.


For ADSL2+ to work in our home one needs a ADSL2+ modem a splitter to split the voice and the data frequency from the copper wire and ADSL internet account from Nepal Telecom in Nepal's context or what ever your Telecom/Internet service provider is. ADSL2+ modem is not actually a modem because it does not modulates/demodulates as the dial up modem does.Signal are digital all the way in ADSL or any other DSL variant systems. Rather it does the handshaking with DSLAM device in switching station and later on works to maintain the quality of service through out the connection session.

NTC's adsl faq link

Nepal Telecom says ADSL coming soon.........


हुन त यी त्यति पत्यार लाग्दा कुरा होइनन् तर पनि भनि हालुँ नेपाल टेलिकमले ADSL2+ इन्टरनेट सेवा सुरु गर्न लागेको छ रे। नेपाल टेलिकमले ADSL सुरु गर्न लाग्दै छ भन्ने थाहा पाएको र लगत्तै साथीहरु माझ यो खबर दिएको पनि १ बर्ष भै सकेछ। सुरुमा ६४ सालको माघ महिना देखि प्रारम्भ गर्ने भनिए पनि पछि सर्दै गएर चैत्रको मध्यबाट अर्थात April बाट सुरु हुने प्रचार गरियो यो सेवा। माघमा सम्पन्न "Can infotech " मा NTC को stall रूङ्नेहरु नेपाल टेलिकमका कर्मचारी नै हुन भन्ने assumption लाई आधार मान्ने हो भने र जिम्मेवार कर्मचारीले सहि बोल्छन् भन्ने पत्याउने हो भने अप्रिल १ को दिनको आसपासबाट यो सेवा सुरु हुनु पर्ने हो। मैले त्यहाँ उनै कर्मचारीलाई सोधेको थिएँ के यो पनि हामी मुर्ख ग्राहकहरुलाई फेरि अप्रिल फूल बनाउने काम त होइन भनेर तर उनको सहज उत्तर थियो "होइन"। यस सेवाको tariff को बारेमा जान्ने प्रयासहरुबाट NTC का कर्मचारी "हाल सम्म तय भएको छैन" भन्ने उत्तरका साथ उम्किए पछि सँगै गएको मेरो साथीले यहि प्रश्‍न कुटनितिक तरीकाबाट राख्यो उसको प्रश्‍न थियो "मैले हाल घरमा साँझ ८ बजे देखि बिहान ८ बजे सम्म ६४केबि/sec को ईन्टरनेट महिनाको रु ५०० तिरेर चलाउँछु। के यो सेवा मैले तिर्ने रकम भन्दा कम हुन्छ? यो प्रश्‍नको उत्तर पनि सकारात्मक आएको थियो।

म डायल ईन्टरनेटको unreasonably high rate को भारले दबिएर र प्रबिधि विकाशका घटनाक्रममा केहि interest भएको कारणले यस सँग सम्बन्धीत news development लाई follow गर्दै आइरहेको छु। मेरो सुचनाको almost exclusive स्रोत भनेको नेपाल समाचारपत्र हुने गरेको छ। नेपाल टेलिकमबाट यस सम्बन्धी सुचना चुहिने बित्तिकै मैले ईमेल मार्फत आफ्नो सुझाव पनि पठाएको थिएँ। त्यसबेला ADSL को कुरा हुँदै थियो। मैले ADSL होइन ADSL पुरानो भईसक्यो अब नयाँ प्रबिधीमा लगानी गर्नु पर्छ त्यसकारण ADSL2+ तिर नेपाल टेलिकमको सोच पुगोस् भनि लेखेको थिएँ। मेरो ईमेल पढियो भन्ने कुरा त मैले त्यसको जवाफ पाए बाट पुष्टि भएको थियो सायद मेरो सुझाव पनि मनन गरिएछ।

यस सम्बन्धी लेटेस्ट समाचारका अनुसार नेपाल टेलिकम ADSL2+ सन्चालनको अनुमति लाईसेन्सको लागि proposed tariff का साथ नेपाल दुरसंचार नियमन संस्थामा पुगेको छ। त्यो भन्दा नयाँ खबर भनेको नेपालका १७ वटा ISP(ईन्टरनेट सर्बिस प्रोभाइडर) हरु मिलेर Nepal telecommunication authority मा उजुरी हालेका छन्। उनीहरुका अनुसार नेपाल टेलिकमले टेलिफोनबाट कमाएको नाफालाई ADSL सस्तो बनाउन प्रयोग गर्दैछ र ADSL सस्तो भए पछि निजी सेवा प्रदायकहरुको महँगो cable/wireless ईन्टरनेट सबैले लिनछोड्नेछन्। जसको कारण private ISP हरुको धरासायी हुनेछन्।

अब मेरो बिचार। ईन्टरनेट सेवा सस्तो हुनु नराम्रो होइन। बरु यी ISP हरुले आफ्नो सेवा सस्तो पार्न तिर पो लाग्नु पर्छ।हाल ईन्टरनेट सेवा महँगो हुनमा स्याटलाइटबाट bandwidth लिनु पर्नु,भारतले बनाईदिएको पूर्ब पश्‍चिम अप्टिकल फाइबर लाइनमा नेपाल टेलिकमको मात्र एकाधिकार रहनु आदि कारणहरु रहेको कुरा स्वयम् ISP हरुलेनै भन्दै आईरहेका हुन्। बरु यी कुरामा Nepal telecommunication authority लाई दबाब दिनुपर्छ ISP हरुले। त्यस्तै ADSL को बेलायती मोडललाई पनि फलो गर्न सकिन्छ कि त? U.k मा ब्रिटिस टेलिकम को टेलिफोन नेटवर्क अन्य ISP हरुले पनि प्रयोग गर्न पाएका छन् आफ्नो ADSL network का लागि।

सिद्धान्त: ADSL2+ बाट 24 Mbit/sec download achieve गर्न सकिन्छ तर Reality के पनि हो भने नेपाल टेलिकम ले त्यो स्पिडको ईन्टरनेट १० जना लाई दिँदा नदिँदै उसले किनेको Indian ISP बाट किनेको bandwidth सकिन्छ। र अन्त्यमा नेपालमा WiMAX नेटवर्क स्थापना गर्न एक युरोपियन कम्पनीले चासो देखाएको कुरा पनि बाहिर आएको छ। WiMAX लाई नेपालको सन्दर्भमा गाउँ सम्म ईन्टरनेट पुर्याउने बिकल्पको रुप हेरिएको छ।

Powered by Blogger.