RSS

Nepal Telecom says ADSL coming soon.........


हुन त यी त्यति पत्यार लाग्दा कुरा होइनन् तर पनि भनि हालुँ नेपाल टेलिकमले ADSL2+ इन्टरनेट सेवा सुरु गर्न लागेको छ रे। नेपाल टेलिकमले ADSL सुरु गर्न लाग्दै छ भन्ने थाहा पाएको र लगत्तै साथीहरु माझ यो खबर दिएको पनि १ बर्ष भै सकेछ। सुरुमा ६४ सालको माघ महिना देखि प्रारम्भ गर्ने भनिए पनि पछि सर्दै गएर चैत्रको मध्यबाट अर्थात April बाट सुरु हुने प्रचार गरियो यो सेवा। माघमा सम्पन्न "Can infotech " मा NTC को stall रूङ्नेहरु नेपाल टेलिकमका कर्मचारी नै हुन भन्ने assumption लाई आधार मान्ने हो भने र जिम्मेवार कर्मचारीले सहि बोल्छन् भन्ने पत्याउने हो भने अप्रिल १ को दिनको आसपासबाट यो सेवा सुरु हुनु पर्ने हो। मैले त्यहाँ उनै कर्मचारीलाई सोधेको थिएँ के यो पनि हामी मुर्ख ग्राहकहरुलाई फेरि अप्रिल फूल बनाउने काम त होइन भनेर तर उनको सहज उत्तर थियो "होइन"। यस सेवाको tariff को बारेमा जान्ने प्रयासहरुबाट NTC का कर्मचारी "हाल सम्म तय भएको छैन" भन्ने उत्तरका साथ उम्किए पछि सँगै गएको मेरो साथीले यहि प्रश्‍न कुटनितिक तरीकाबाट राख्यो उसको प्रश्‍न थियो "मैले हाल घरमा साँझ ८ बजे देखि बिहान ८ बजे सम्म ६४केबि/sec को ईन्टरनेट महिनाको रु ५०० तिरेर चलाउँछु। के यो सेवा मैले तिर्ने रकम भन्दा कम हुन्छ? यो प्रश्‍नको उत्तर पनि सकारात्मक आएको थियो।

म डायल ईन्टरनेटको unreasonably high rate को भारले दबिएर र प्रबिधि विकाशका घटनाक्रममा केहि interest भएको कारणले यस सँग सम्बन्धीत news development लाई follow गर्दै आइरहेको छु। मेरो सुचनाको almost exclusive स्रोत भनेको नेपाल समाचारपत्र हुने गरेको छ। नेपाल टेलिकमबाट यस सम्बन्धी सुचना चुहिने बित्तिकै मैले ईमेल मार्फत आफ्नो सुझाव पनि पठाएको थिएँ। त्यसबेला ADSL को कुरा हुँदै थियो। मैले ADSL होइन ADSL पुरानो भईसक्यो अब नयाँ प्रबिधीमा लगानी गर्नु पर्छ त्यसकारण ADSL2+ तिर नेपाल टेलिकमको सोच पुगोस् भनि लेखेको थिएँ। मेरो ईमेल पढियो भन्ने कुरा त मैले त्यसको जवाफ पाए बाट पुष्टि भएको थियो सायद मेरो सुझाव पनि मनन गरिएछ।

यस सम्बन्धी लेटेस्ट समाचारका अनुसार नेपाल टेलिकम ADSL2+ सन्चालनको अनुमति लाईसेन्सको लागि proposed tariff का साथ नेपाल दुरसंचार नियमन संस्थामा पुगेको छ। त्यो भन्दा नयाँ खबर भनेको नेपालका १७ वटा ISP(ईन्टरनेट सर्बिस प्रोभाइडर) हरु मिलेर Nepal telecommunication authority मा उजुरी हालेका छन्। उनीहरुका अनुसार नेपाल टेलिकमले टेलिफोनबाट कमाएको नाफालाई ADSL सस्तो बनाउन प्रयोग गर्दैछ र ADSL सस्तो भए पछि निजी सेवा प्रदायकहरुको महँगो cable/wireless ईन्टरनेट सबैले लिनछोड्नेछन्। जसको कारण private ISP हरुको धरासायी हुनेछन्।

अब मेरो बिचार। ईन्टरनेट सेवा सस्तो हुनु नराम्रो होइन। बरु यी ISP हरुले आफ्नो सेवा सस्तो पार्न तिर पो लाग्नु पर्छ।हाल ईन्टरनेट सेवा महँगो हुनमा स्याटलाइटबाट bandwidth लिनु पर्नु,भारतले बनाईदिएको पूर्ब पश्‍चिम अप्टिकल फाइबर लाइनमा नेपाल टेलिकमको मात्र एकाधिकार रहनु आदि कारणहरु रहेको कुरा स्वयम् ISP हरुलेनै भन्दै आईरहेका हुन्। बरु यी कुरामा Nepal telecommunication authority लाई दबाब दिनुपर्छ ISP हरुले। त्यस्तै ADSL को बेलायती मोडललाई पनि फलो गर्न सकिन्छ कि त? U.k मा ब्रिटिस टेलिकम को टेलिफोन नेटवर्क अन्य ISP हरुले पनि प्रयोग गर्न पाएका छन् आफ्नो ADSL network का लागि।

सिद्धान्त: ADSL2+ बाट 24 Mbit/sec download achieve गर्न सकिन्छ तर Reality के पनि हो भने नेपाल टेलिकम ले त्यो स्पिडको ईन्टरनेट १० जना लाई दिँदा नदिँदै उसले किनेको Indian ISP बाट किनेको bandwidth सकिन्छ। र अन्त्यमा नेपालमा WiMAX नेटवर्क स्थापना गर्न एक युरोपियन कम्पनीले चासो देखाएको कुरा पनि बाहिर आएको छ। WiMAX लाई नेपालको सन्दर्भमा गाउँ सम्म ईन्टरनेट पुर्याउने बिकल्पको रुप हेरिएको छ।

  1. Pravin Dhakal

    January 17, 2010 at 3:02 PM

    wow... thats a great news for you guys and you will very soon need this article to setup the adsl and the router... check this article...

    ADSL internet setup

Post a Comment

Powered by Blogger.