RSS

मेरो शौखिन जीवन्।


कार्तिकलाई बिस्तारै जाडोले च्याप्दै जाँदा
जिमखानाको सिकारु पहलमानले रिङ्को तौल बढाए जस्तै
म पनि दबिँदै जान्छु सिरकको भारले शनै शनै

कार्बन र निकोटिनको कक्‍टेलले फोक्सो भर्दे
अन्नपुर्णालाई दाहिने पारेर
कहिले काहिँ छिरिदिन्छु महाबौद्दका बेनामे चाईनिज गल्लि तिर
चटामरिको पाश्‍चात्य भर्सन, उहि पिज्जाले रसनाको उत्तेजना शान्त बनाउन

त्यतै तिर जता गोरु जत्रा डुगुरेहरु
बीर अस्पताल लासघरमा नाक कान को नास्ता पछि
गुच्चा टोलको हल्लामा चढेर
बर्गरको डेज्जर्ट खान प्बालको बाटो छिर्ने गर्छन् रे म सँग सँगै

(२०६४ कार्तिक २०,पकनाजोल )

Slowly as the month of kartik is engulfed by the chill. I cover myself with the blanket gradually increasing its thickness. Like a newbie slowly increasing weight he can lift in a gym.
Filling my lungs with cocktail of carbon and nicotine .I enter the nameless Chinese galli at Mahabauddha to tranquilize my demanding tongue with western version of Chattamari -Italian pizza.
aha you guessed it right same place where the ox sized rodents after supper of human nose and ears at Bir Hospital Morgue come ridding mouth to mouth from guccha tole to get burger on dessert. We both see each other and ignore.
0 comments

Posted in ,

Post a Comment

Powered by Blogger.