म को हुँ? जति यो प्रश्न सहज लाग्छ त्यति नै गार्हो छ यसको उत्तर। म नाम मात्र त पक्कै होइन नाम त मेरो कसैले राखिदिएको लेबल मार्का छाप हो। के म शरीर हुँ त? यी हात खुट्टा छाला रगत मासु सहितको शरीर? १०-१२ पल्टको मलामी यात्रा पछि पनि कसरी म यो भ्रममा बाँच्न सक्छु र? म शरीर मात्र भएको भए मृत्यु के हो त? मृत्यु पछि पनि शरीर त बाँकि रहन्छ तर म के म त्यति बेला पनि बाँकि रहन्छु त? अहँ रहन्न। मृत शरीर र म फरक कुरा। आत्मा मैले देखेको छैन । अँ एक पटक तन्द्रामा म आफू शरीर बाट निस्किएको जस्तो अनुभव भएको भने छ मलाई। तर कसैले आएर घम्लङ्ग अँगालो हालेर फेरी शरीर भित्र छिराइदिँदा म झल्याँस्स बिउँझिएछु। मलाई थाहा छैन त्यो अनुभव मेरो दिमागको फितुर थियो या अरु केहि।
सायद प्रशन ठूलो छ र मेरो दिमाग मटरकोसा। सायद।
म आफूलाई ह्यारी पोर्टर किताबको डिमेन्टर पात्र झैं पाउँछु आशावादीहरुको आशामा बाँच्ने प्राणी।म मेरो बाँच्ने उर्जा आशावादीहरुबाट सोस्छु। चारै तिर चुक घोप्टिएर निश्पट अन्धकार छाई सक्दा पनि गुफाको मुखको उज्यालोको मृगतृष्णालाई जीजीभीषाको आधार बनाउन सक्ने आत्माहरु तिमीहरु नभए म रहन्न एक पल पनि।
Anonymous
December 19, 2007 at 8:23 AM
निकी गहिरो प्रश्न हो यो | यसलाई उत्तर दिनु जो कसैको पनी कुरा होइना. तर पानी म कोशिश गर्दै छु. जहा सम्म मलाई लाग्छ म को भन्दा पनी मेरो सरिर केल्ले चलाई राछा , त्यों बुझने प्रयास गर्ने हो भने, म आफू लाई कुनै शक्ति को अन्श हो जस्तो लाग्छ | मृत शरीर र जिउदो शरीरमा फरक बस तेति नै हो. हामी भित्र को उर्जा नै कुनै शक्ति को अन्श हो र त्यसलाई बिचार गर्ने हो भने तेसैलाई आत्मा भानिंन्छ कयारे. र म यो कुरा लाई बिस्वास पनी गर्छु. हामी मर्दा कुनै महा शक्ति म बिलिन हनु पानी शायद हाम्रो गंताब्य हो जस्तो लाग्छ| बिचार सुन्य, स्मरण सुन्य त्यो अवधी नै हाम्रो मृत्यो हो क्यारे | मित्र कुरा बुझ्न गारो छ तर अशंभव भने पक्कै छैना | म प्राय ध्यान पनी गर्छु र आफू ले आफुलाई चिन्ने प्रयास पनी गर्छु र तब सम्म गर्ने छु जब सम्म त्यों दिब्य ज्ञानको अनुभूति म गर्दिन.
This thinking is transcendent.